विपदमा परेकालाई उद्दार गर्ने तालिम दिँदै सेना


यमलाल भुसाल, बुटवल ।

रुपन्देही जिल्लामा हुनसक्ने विपद्का घटनाहरुमा परेकालाई उद्धार गर्ने तरिकाका वारेमा जिल्लाका सरोकारवालाहरुलाई तालिम प्रदान गरिएको छ ।

नेपाली सेना गरुडदल गणको आयोजनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस सोसाईटी विपद्संग सम्वन्धित अन्य सरोकारवाला निकायलाई रुपन्देही जिल्लाको कोटहीमाई गाउपालिकाको मजगवा उद्धार गर्ने तरिका समन्धीत अभ्यास वारे सिकाईएको हो ।

उक्त अभ्यासमा स्थानिय पालिकाका प्रमुखहरु, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, गरुडदल गणका गणपति प्रमुख सेनानी ज्योति कुमार थापा, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, जिल्ला रेडक्रस सोसाईटीका प्रमुख तथा प्रतिनिधिहरु, जिल्ला विपद् कार्य सम्बन्धी विभिन्न क्लष्टरका प्रतिनिधिहरु, गरि २५० जनाको सहभागिता रहेको थियो ।