प्लानेट एक्स ग्रह नभएर ब्ल्याक होल हुन सक्छ


पासाडेना, (एजेन्सी)
हाम्रो सौर्य प्रणाली बाहिर पृथ्वी भन्दा १० गुना ठुलो प्लानेट नाइन वास्तवमा जुनार आकारको ब्ल्याक होल पनि हुन सक्ने वैज्ञानिकहरुले बताए ।

सन् २०२२ मा आउने एक नयाँ टेलिस्कोपले यसलाई पत्ता लगाउन सकिने अनुमान गरिएको छ । वरुण ग्रहको कक्ष भन्दा पर अनौठाे रुपले एक अर्कासँग नजिकिएका पिन्डहरुको अध्ययन पछि त्यहाँको कक्षमा कुनै ठुलो पिन्ड आइरहेको हुन सक्ने खगोलशास्त्रीहरुले अनुमान गरेका थिए । तर यसलाई अहिलेसम्म फेला पार्न सकेको भने छैन ।

यो एक विशाल ग्रह वा ब्ल्याकहोल हुन सक्छ, जुन पृथ्वी भन्दा १० गुणा ठुलो अंगुर आकारको पिण्ड हो । हार्भर्ड युनिभर्सिटीको अनुसन्धानमा सहभागी विद्यार्थी आमिर सिराजले भने – ब्ल्याक होल नजिकै पुग्नुले कुनै पनि पिण्ड पग्लिने गर्छ । यसबाट निस्कने रेडिएसनबाट यहाँ ब्ल्याक होल छ वा छैन भन्ने पत्ता लगाउन सकिन्छ ।

चिलीमा निर्माण भइरहेको नयाँ वाइड फिल्ड टेलिस्कोपको मद्दतबाट यस रहस्यमय ग्रहका बारेमा थाहा पाउन सकिने वैज्ञानिकहरुले आशा गरेका छन् । सन् २०२० मा अनलाईनमा आएपछि यो लेगासी सर्वे अफ स्पेस एन्ड टाइम (एलएसएसटी) सन्चालनमा आउनेछ । यसको मद्दतबाटै रेडिएसन डिटेक्ट गर्न सकिने सिराजले बताए ।

प्लानेट एक्स वा प्लानेट नेक्स्ट नामले चर्चित यस ग्रहको अस्तित्वका बारेमा कयौं बर्ष देखि सम्भावना ब्यक्त गदै आइरहेको छ । यद्यपी यसको यकिन भने हुन सकेको छैन । यदि यसको अस्तित्व पुष्टि हुन्छ भने दुई सताब्दीपछि फेला पर्ने यो पहिलो ग्रह हुनेछ । यदि त्यहाँबाट कुनै प्रकारको किरण आउँदैन भने वास्तवमा यो ब्ल्याक होल हो भन्ने निस्कर्षमा पुग्न सकिनेछ ।