दुव्र्यसनीलाई घटनास्थलमै जरिवाना


पेरिस,(एजेन्सी)

फ्रान्सले राष्ट्रव्यापि रुपमा लागु औषध दुव्र्यसनीहरुलाई जहाँ भेटियो त्यहिं आर्थिक जरिवाना तिराउने नीति अवलम्वन गर्ने भएको छ । आगामी सेप्टेम्वर ेदखि लागु हुने यस कानुन वास्तवमा विशेषगरी गाँजा सेवन गर्नेहरु माथि लाित रहेको छ ।

निस शहरको भ्रमणको क्रममा प्रधानमन्त्री जन क्यास्टेकसले लागु औषधसंग सम्बन्धित हिंसात्मक घटनाहरु बढ्न थालेकाले यो कदम उठाइएको स्पष्ट पारेका छन् । हालै मात्र निसमा हप्तौं सम्म अस्थिरता छाएको थियो ।

यस कानुनलाई शुरुमा रेन्नेस र मार्सिलेस जस्ता शहरमा परिक्षणको रुपमा कार्यान्वयन गरिने छ । जरिवाना रकम २ सय युरो तोकिएको छ । तर यदि १५ दिन भित्रै जरिवाना तिरिएको खण्डमा १ सय ५० युरो मात्र तिरे पुग्छ । युरोपमै सबैभन्दा बढि गाँजा सेवनगर्ने मुलुक मध्ये एक फ्रान्स पनि हो ।

विश्वभरि गाँजा सेवनलाई लिएर फरक फरक नीति नियम रहेका छन् । क्यानडा र अमेरिकाका केहि राज्य लगायत थुप्ै मुलकमा गाँजालाई वैधिानिक बनाइउको छ ।

साथै अन्य केहि मुलुकमा गाजा सेवनलाइ लिएर सामानय संजाय तोकिएके छ भने अधिकांश अन्य मुलुकमा गाँजाको कारण लामो जेल संजाय भोग्नुपर्ने कानुन रहेको छ ।