पाकिस्तानका विद्यालयका पाठ्यपुस्तक माथि व्यापक छानविन


इस्लामावाद,(एजेन्सी)
पाकिस्तानको शिक्षा विभागले पाकिस्तान विरोधि सामग्री समाविष्ट भएको भन्दै प्रतिवन्ध लगाएका एक सय वटा पुस्तकमा अक्सफोर्ड युनिभर्सिटी प्रेस र क्याम्व्रिज युनिभर्सिटी प्रेसले छापेका पूस्तकहरु पनि परेका छन् ।

पन्जाव पाठ्यक्रम तथा पाठ्यपुस्तक बोर्ड ( पिसिटिबि ) ले अहिले यसअघि कसैले पनि पाठ्यक्रम परिक्षण नगरेको भन्दै निजी बिद्यालयहरुमा प्रयोेग भइरहेको १० हजार वटा पुस्तकको पुनरावलोकन गरिरहेको छ ।
केहि पूतकमा त पाकिस्तान भारत भन्दा पिछडिएको मुलुक उल्लेख गरिएको छ भने केहिमा आजाद जम्मु र काश्मि भारतको हिस्सा भएको जनाइउको छ ।

एउटा पुस्तकमा भारतका स्वतन्त्रताका सेनानी महात्मा गान्धीको महावाणीहरु समेटिएका छन् भने गणित विषयको पुस्तकमा गणना सिकाइका लागि सुंगुरका चित्रहरु प्रयोग गरिएका छन् ।
पकिस्तानी मुश्लिमहरुले सुंगरलाई हरामको संज्ञा दिँदै वर्जित गर्दछन् । पिसिटिविका व्यवस्थापन निर्देशक राइ मन्जूर हुस्सेन नासिरले भनेका छन् , ‘ छ महिना भित्र आमीले यि सबै पुस्तकहरुको पूर्ण परिक्षण गर्नेछौं । पाकिस्तान र इस्लाम विरुद्धका पूस्तक कुन ैहालतमा पनि पढाउन दिनेछैनौं । कानुन तोड्ने ३१ व्टा प्रकासकलाई कानुनको प्चलित कानुन बमोजिम कारवाहि हुनेछ । ’
तर सामाजिक संजालका केहि प्रयोगकर्ताहरुले भने पिसिटिविको यो निर्णय अभिव्यक्ति स्वतन्त्रता माथिको दमन भएको दावी गरेका छन् । क्यामिव्ज युनिभर्सिटी प्रेसले आफुलाई पिसिटिविको घोषणाको जानकारी मिलेको तर पाकिस्तान स्थित आफ्ना प्रेसमा अहिले सम्म सकारी निकायसंग कुनै सम्पर्क कायम नभइसकेको जनाएको छ ।
तर अक्सफोर्ड युनिवर्सिटी प्रेसले भने यस समबन्धमा अझै कुनै प्रतिक्रिया दिएको छैन ।