सरीता गिरीको माग बमोजिम सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

0
Shares

बिकास भट्टराई,काठमाडौं ।

जनता समाजवादी दल र संसदकोसदस्य बाट समेत हटाईएकी सरीता गिरीलाई अन्तरिम आदेशबाट पुनर्बहाली गर्न सर्वोच्च अदालतले आईतबार अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको ईजलासले अन्तरिम आदेशबाट पुनर्बहाली गर्न अस्वीस्कार गरेको हो ।

गिरीले नेपालको सार्वभौमसत्ता बिरुद्ध बोलेको आरोपमा जनता समाजवादी दलको सदस्य र सांसद पदबाट हटाउने निर्णय गरेको थियो । सो निर्णयबिरुद्ध गिरीद्वारा सर्वोच्चमा रिट निवेदन दायर गरिएकोथियो ।