न्यायाधीशलाई पनि छोडेन कोरोनाले

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

सप्तरीका एक जना न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । आज(आईतबार) उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत एक जना न्यायाधीसलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ ।

तीन दिन अगाडि उच्च सरकारी वकील कार्यालयका प्रमुखमा पनि कोरोना संक्रमण देखिएको थियो । योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ ।