‘विकासले समृद्धि जोडिनुपर्छु’ : पूर्व मन्त्री बाँस्कोटा

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

पुर्व मन्त्री तथा नेकपा केन्द्रिय सदस्य तथा काभ्रे इन्चार्ज गोकुल बास्कोटाले विकासका लागि आधारहरु तयार भएकाले केहि वर्ष भित्र त्यसले मुर्त रुप लिने गरी सरकारले काम गरिरहेको बताउनु भएको छ । ‘जिल्लामा विकासका दिर्घकालिन आयोजनाहरु शुरु भएका छन्’–नेता बास्कोटाले भन्नुभयो–‘रोजगारी, समृद्धी र स्थायी संरचना तयार हुन केहि वर्ष लाग्नेछ ।’

बनेपा नगरपालिका वडा नम्वर ७ ले सांसदहरुको पूवार्धार क्षेत्र विकास कार्यक्रम मार्फत प्राप्त ५० लाख रकम मध्येबाट ४१ लाख रुपैया खर्च गरी तयार गरेको चारदोबाटो देखि गोदामचोक, गोदामचोक देखि बसपार्क जाने भित्री सडकको दायाँबायाँ फुटपाथ निर्माण सम्पन्न गरे सँगै आयोजना गरेको उद्घाटन कार्यक्रममा नेता बास्कोटाले जिल्लामा गौरवका आयोजनाहरु शुरु भए सँगै ब्यापारीक शहर बनेपाको विकासमा नयाँ आयाम थपिएको बताउनु भयो । बनेपा नगरपालिका वडा नम्वर १४ मा निर्माण हुन लागेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, आईटी पार्कमा निर्माण हुन लागेको सेक्युरिटी प्रेस, पाँचखालमा निर्माण हुन लागेको मदन भण्डारी विश्वविद्यालय, काभ्रे उपत्यका खानेपानी सँगै पाँचखालको एकिकृत खानेपानी जस्ता महत्वपूर्ण संरचनाले जिल्ला भित्रको रोजगार र समृद्ध बढाउने धारणा राख्नु भयो । वडा अध्यक्ष वर्ण शाक्यले निर्वाचनको समयमा ब्यक्त गरेका प्रतिवद्धता अनुरुप केहि सडकहरु कालोपत्रे गर्न, पक्कि पुल र रिटेनिङ्ग वाल निर्माण गर्न, धनेश्वरसम्म जाने सडकमा फुटपाथ निर्माण गर्ने गरी थप रकम संघ सरकार र प्रदेश सरकारबाट बजेटको अपेक्षा रहेको बताउनु भयो ।

नेता बास्कोटाले बनेपा, पनौती र धुलिखेल नगरपालिकाका लागि संयुक्त आयोजना स्वरुप पुण्यमाता करिडोर तीन खण्डमा निर्माण सम्पन्न गर्ने गरी शुभारम्भ गरिएको बताउनु भयो । पहिलो खण्डको काम नालाबाट शुरु हुनेछ भने दोश्रो खण्ड श्रीखण्डपुरबाट शुरु हुनेछ ।

तेश्रो खण्ड पनौतीबाट शुरु हुनेछ । १६ किलोमिटर लामो पुयण्माता खोलामा मिसिने बनेपाको चण्डेश्वरी, साँगा र धनेश्वरको खोलामा पनि करिडोर निर्माण हुनेछ । करिडोरको दायाँबायाँ १५/१५ मिटरको सडक, सडकको पेटीमा २/२ मिटरेको फुटपाथ समेत निर्माण हुनेछ । करिडोर छेउमा घर निर्माण गर्ने ब्यक्तिहरुले अनिवार्य रुपमा एक बोट विरुवा रोप्नु पर्नेछ भने अर्काे क्षेत्रमा फलफुलका विरुवा रोप्नु पर्नेछ ।

पुण्यमाता करिडोर निर्माणका लागि कुल ३ अर्ब लाग्ने इस्टमेट छ । बनेपाकै साँगामा खानेपानी निर्माणका लागि बजेट विनियोजन भएको छ भने जिल्लाका ९० वटा सामुदायिक विद्यालयमा आईटी ल्याब स्थापना गरिएको छ । बनेपाकै टन्चोकबाट तेमाल गाउँपालिकासम्म जोड्ने बुद्ध सर्किट निर्माणका लागि बजेट विनियोजन गरिएको छ । १ हजार मिटर क्षेत्रमा फुटपाथ निर्माणका लागि प्राप्त बजेटमा कोरोनाका कारण ३९ लाख रुपैया मात्रै प्राप्त भएको उपभोक्ता समितिका अध्यक्ष राजन शाक्यले बताउनु भयो । जनसहभागिता मार्फत केहि रकम जुटाएर निर्माण कार्य सम्पन्न भएको उहाँले बताउनु भयो ।

सोहि कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादे श्रेष्ठ, उपप्रमुख रेखा सापकोटा दाहाल, वडा अध्यक्षहरु, वडा सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।