बिराट मेडिकल कलेजका संचालक डा. ज्ञानेन्द्रलाई कोरोना संक्रमण

0
Shares

न्युज अफ नेपाल, काठमाडौ ।

बिराट मेडिकल कलेज बिराट नगरका संचालक कोरोना संक्रमणका साथै निमोनियाको समस्याबाट ग्रसित भएपछि हेलिकप्टर चार्टर गरि शनिवार त्रिभुवन विश्व विद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगंज ल्याईयो ।

बिराट मेडिकल कलेजका सञ्चालक डा ज्ञानेन्द्रमानसिंह कार्की विराट नर्सिङ होमका पनि संचालक हुनुहुन्छ । उहाँलाई कोरोना संक्रमण भएपछि आफ्नै नर्सिङ होममाका र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराईदै आएको थियो ।

त्रिवि शिक्षण अस्पताल कोभिड – १९ नियन्त्रण समन्य समितिका सयोजक प्राडा शान्तकुमार दासले डा कार्कीलाई सामान्य निमोनिया देखिएको जानकारी गराउनुभएपनि अक्सिजनको आवश्यकता परेकाल अक्सिजन सपोर्ट दिएर राखेका छौँ भन्नुभयो । डा.कार्कीका साथमा श्रीमती पनि आउनुभएको र उहाँकोे थ्राट स्वाब संकलन गरि उहाँलाई होम क्वारेन्टाईनमा बस्न सल्लाह दिएको डा.दासले बताउनुभयो ।

केही दिन अघि ज्वरो तथा खोकी देखिएपछि परीक्षण गर्दा डा कार्कीलाई कोरोना संक्रमण पुष्टि भै आफ्नै नर्सिङहोममा उपचार गराउँदा निको नभएर शुक्रवार धरान लगिएको र धरनबाट पनि त्रिवि शिक्षण अस्पताल रिफर गरेको बुझिएको छ ।