प्रहरीमा कोरोना, जिल्ला कार्यालय सिल


स्याङ्जा, (नेस)
कार्यालयमा कार्यरत तीन प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै कार्यालयभित्र रहेका प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएकाले जिल्ला प्रहरी कार्यालय स्याङ्जा बुधबारदेखि सिल गरिएको छ ।

कोरोना भाइरस संक्रमण कार्यालयमै देखिएपछि प्रहरी कार्यालयभित्र रहेका सबैको नमुना स्वाब संकलन गरी पोखरा पठाइएको छ । प्रहरी कर्मचारी ६८, थुनुवा ५ र क्वारेन्टाइनका २७ जनाको नमुना स्वाब संकलन गरेर पोखरा पठाइएको हो ।

प्रहरी कर्मचारीका थुनुवासहित ७३ जना र नगरपालिकाको क्वारेन्टाइनमा बसेका २७ जनाको नमुना स्वाब प्रादेशिक प्रयोगशाला पोखरा पठाएको पुतलीबजार नगर स्वास्थ्य शाखा प्रमुख विष्णु काफ्लेले बताउनुभयो ।