रुसी भू-उपग्रह परिक्षण प्रक्षेपण विवादास्पद


मस्को,(एजेन्सी)

रसियाको रक्षा मन्त्रालयले संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले हालै रसियाले अन्तरिक्षमा भूउपग्रह भेदक हतियार परिक्षण गरेको भनी भ्रमपूर्ण प्रतिक्रिया दिएको जनाएको छ । मन्त्रालयले जनाएको छ , ‘ १५ जुलाईमा गरिएको सो परिक्षणले अन्य अन्तरिक्ष यानलाई कुनै खतरा पुगेको छैन । साथै यस कार्यले अन्तर्राष्ट्रिय कानुनको कुनै उल्लंघन पनि भएको छैन । ’

त्यस अघि मस्कोले रुसी अन्तरिक्ष उपकरणको कार्य क्षमता परिक्षणका लागि आफुले नयाँ प्रविधि प्रयोग गरिरहेको जनाएको थियो । तर अमेरिका र वेलायतले भने रसियाको भूउपग्रह गतिविधिबाट आफुहरु चिन्तत रहेको जनाएका थिए । वेलायतको अन्तरिक्ष निर्देशनालयका उप वायुसैनिक प्रमुख मार्सल हार्भि स्मिथले भनेका छन् , ‘ हामी रसियाले प्रक्षेपण गरेकाहर मध्ये एक भूउपग्रहमा रहेको हातहतियारको जस्तो विशेषताका ेकारण चिन्तित छौं । ’

रुसको अन्तरिक्ष परिक्षण प्रक्षेपणलाई लिएर वेलायतले पहलो पटक यस्तो आरोप लगाएको हो । केहि दिनका अनुसनधान पछि वेलायतले वेलायती सरकारले रसियाले सिर्जना गरेको खतरालाई नराम्ररी वेवास्ता गरेको बताइएको छ ।

अमेरिकी विदेश विभागले पनि आफुलाई रसियाले प्रयोग गरेको प्रविधि वास्तवमा कक्षमा रहने भूउपग्रह भेदक हतियार जस्तो देखिएको जनाएको छ । अमेरिका र रसियाबिच आगामी साता अष्ट्रियाको राजधानी भियनामाा अन्तरिक्ष सुरक्षा समबन्धमा आपसी वार्ता हुने भएको छ । सन् २०१३ पछि पहिलो पटक फेरी यस्तो वार्ता हुन गइरहेको हो ।

अन्तर्राष्ट्रिय सुरक्षा तथा निशस्त्रीकरणका लागि अमेरिकी विदेश सहायक मन्त्री क्रिष्टोफर फोर्डले भनेका छन् , ‘ यो महत्वपूर्ण बैठकमा बाह्य अन्तरिक्ष कानुन विहिन र अनियनित्रत भुमि नभएको विषयमा जोड दिनेछौं । ’