सिल गरिएका ईप्रकासहित प्रहरी पोष्टहरु सुचारु


घनश्याम बगाले,नवलपरासी।

सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भए पछि सिल गरिएका पूर्वी नवलपरासीको एक ईप्रका सहितका २ प्रहरी पोष्ट सुचारु भएका छन् । आफ्नो कार्यक्षेत्रमा खटिएका ५ जना सुरक्षाकर्मीमा गत असार ३१ गते पिसिआर परीक्षण नतिजा पोजेटिभ आए पछि ईप्रका गैडाकोट, प्रहरी पोष्ट बेल्डिहा सिल गरिएको थियो ।

कोभिड १९ परीक्षण नतिजाले समुदायमा संक्रमण पुग्यो कि भन्ने आशंका उब्जिए पछि संक्रमित ५ सुरक्षाकर्मीलाई आईसोलेशनमा पठाई अन्यलाई कार्यालयकै क्वारेन्टाईनमा राखिएको थियो ।

सुरक्षाकर्मी ५ जना सहित होम क्वारेन्टाईन र क्वारेन्टाईनमा रहेका १८ जनामा एकैपटक कोरोना संक्रमण पुष्टि भए पछि गैडाकोट नगरपालिकाले आफ्नो नगर क्षेत्र १ साताका लागि सिल गरेको थियो ।

यही साउन ५ गते क्वारेन्टाईनमा रहेका सुरक्षाकर्मीहरुको नमूना स्वाव संकलनगरी परीक्षण गर्दा पिसिआर नेगेटिभ आएको थियो । सुरक्षाकर्मीहरुमा कोरोना परीक्षण नेगेटिभ देखिए संगै शनिबार देखि ईप्रका गैडाकोट, प्रहरी पोष्टहरु बेल्डिहा र मौलाकाली यथावत संचालन गरिएको जिप्रका पुर्वी नवलपरासीले जनाएको छ ।

ईप्रका सहित प्रहरी पोष्टहरु संचालनमा आए पछि यहांबाट प्रवाह हुने प्रहरीका दैनिक काम कारबाही सुचारु भएको नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ मोहन बहादुर खांणले बताउनु भयो ।