ब्रातिस्लाभा,(एजेन्सी)
स्लोभाकियाका एकजना मार्शल आर्टसका पुरुष खेलाडीले एक मिनेटमा ३ सय २२ मुक्का प्रहार गरी नयाँ गिनिज वर्ल्ड रेकर्ड कायम गरेका छन् ।
पच्चीस बर्षीय पावेल ट्रुसोभले औपचारिक रुपमा किर्तिमानका लागि प्रयास गर्नु अघि आफुले ६ महिना सम्म क्रसफिट , पावर लिफ्टिङ र इन्टरभल वर्क जस्ता नियमित व्यायाम गरेको बताएका छन् ।
उनले गिनिज नियम अनुसार प्रत्येक मुक्का पाखुरा पूरा तन्काएर बलपूर्वक हान्नुपर्ने पर्ने भएकाले पनि राम्रो तयारी गरिएको बताएका छन् । उनले छ वर्षकै कलिलो उमेरदेखि मार्शल आर्ट्समा भाग लिँदै आएका थिए ।
प्रतिक्रिया