सल्यानमा विभिन्न अभियोगमा १२ फरार प्रतिवादी पक्राउ


न्युज अफ नेपाल, सल्यान ।

सल्यान प्रहरीले विभिन्न अभियोगमा फरार १२ प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्धामा फरार भएका १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्र

हरीका अनुसार सवारी ज्यान मुद्धाका यज्ञ बहादुर बोहरा, मोहन के.सी., घनश्याम घर्ति, सम्बन्ध विच्छेदका मुद्धाका असारे सुना, करकाप मुद्धाका चित्र बहादुर राना, नाताकायम मुद्धाका गणेश वली पक्राउ परेका छन् ।

यस्तै लुटपिट मुद्धाका चन्द्र बहादुर वली, कुटपिट मुद्धाका निम कुमारी घर्ति, सुनिता पुन, सम्झना पाण्डे, धनि घर्ति र विविध मुद्धाका प्रेम बहादुर खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताउनु भयो ।

विभिन्न मितिमा सल्यान अदालतद्धारा फैसला सुनाइएका उनीहरुलाई घरमै लुकीछिपी बसी रहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले बताएको छ ।