अवैध रकमसहित एक पक्राउ


न्युज अफ नेपाल, काठमाडौँ ।

स्रोत नखुलेको रकमसहित एक जनालाई काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ ।

२० लाख रकमसहित ढुन्डीराज न्यौपानेलाई अपराध महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका २४ स्थित विशाल बजारबाट पक्राउ गरेको हो । उनको साथबाट १९ लाख ९१ हजार रुपैयाँ बरामद गरिएको छ ।

यसबारेमा थप अनुसन्धान चलिरहेको प्रहरीे जनाएको छ ।