झुन्डिएको अवस्थामा दुई जनाको शव भेटियो


भूपराज बस्याल, स्याङ्जा ।

स्याङ्जाको दुई छुट्टाछुट्टै स्थानमा झुन्डिएर दुई जनाले आत्महत्या गरेका छन् ।

चापाकोट नगरपालिकामा वडा ४ धरादी बर्ष २३ की पर्वती पौडेल क्षेत्री घरमा कोही नभएको अवस्थामा शुक्रबार साझ करिब सात बजे तिर आफ्नै घरको कोठाको दलिनमा सलको पासो लगाई झुण्डीएको अवस्थामा फेला परेको र श्रीमान पदम नारायण मानन्धरले देख्न साथ पासो फुकाई भुईमा झारी हेर्दा निजको मृत्यु भैसकेको भन्ने खवर पाउन साथ प्रहरी अधिकृत सहितको टोलीले अनुसन्धान कार्य जारी राखेको तर हालसम्म कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रहरी नायब उपरीक्षक प्रवक्ता तथा सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

त्यस्तै बिहिवार करिब ११:४५ बजे अर्जुनचौपारी गाउँपालिका ६ दरौं स्थितमा बर्ष २५ की जमुना जि. टी. आफ्नै घरको भान्सा कोठामा रहेको काठको बलोमा चुन्नी (सल) को पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको सूचना अधिकारीले जानकारी दिनुभयो । हाल उक्त लासलाई पोष्ट मार्टमको लागि जिल्ला अस्पताल स्याङ्जामा राखिएको तर मृत्युको कुनै कारण खुल्न नसकेपनि थप अनुसन्धान कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो ।