कालीगण्डकीमा बालुवा उत्खनन रोक्न सशस्त्र प्रहरीको गस्ती


न्युज अफ नेपाल, पर्वत । 

कालीगण्डकी नदीमा बालुवाको उत्खनन रोक्न शसस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ ।

नदीका बिभिन्न क्षेत्रमा उत्खनन बढेको भन्दै स्थानिय प्रशासनले शुक्रबार देखि शसस्त्र र नेपाल प्रहरीलाई परिचालन गरेको हो ।  लीगण्डकीमा बालुवा उत्खनन रोक्न शसस्त्र प्रहरी समेत परिचालन गरिएको यो पहिलो घटना हो ।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले भदौ १५ सम्म नदीमा हेभी इक्विपमेन्ट प्रयोग गरेर उत्खनन गर्न कानुनी हिसाबले प्रतिबन्ध भएका कारण त्यसलाई कार्यान्वयन गर्न सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो । ‘मुख्य जिम्बेवारी नेपाल प्रहरीको हो तर शसस्त्रलाई पनि गस्तीको रुपमा खटाएका हौ’ प्रजिअ रेग्मीले भन्नुभयो ।

कालीगण्डकीमा नदीजन्य पर्दाथ उत्खननको बिषय धेरै बर्ष अघि देखि बिबादीत बन्दै आएको छ । नदीमा उत्खनन गर्ने पक्षले बगेर जाने बालुवालाई क्षति नहुने गरि निकाल्ने काम गरेको बताउँदै आएका छन भने बिरोध गर्ने पक्षले अबैध उत्खनन बन्द गर्नुपर्छ भनेर सामाजिक सञ्जालमा लेख्ने देखि प्रहरी नै बोलाएर पक्राउ गर्ने काम समेत हुँदै आएका छन । जलजला गाउँपालिकाको लस्तीबाट शुक्रबार राती प्रहरीले एउटा एक्साभेटर र ट्रिप्पर नियन्त्रणमा लिएको छ । ग १ क ४५११ नम्बर को ट्रिपर र चालक तथा नम्बर नखुलेको जेसिभिको चापी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । नियन्त्रणमा लिएका साधानलाई जिल्ला समन्वय समितिले ४० हजार जरिवाना तिराएर छाडेको छ ।

बागलुङ्ग प्रहरीले अनाबश्यक दुःख दियो : ब्यबसायी

निर्माण सामाग्री ढुवानीका क्रममा बाग्लुङ्ग प्रहरीले मालढुंगामा नाकामा अनाबश्यक दुःख दिएको भन्दै निर्माण व्यवसायीले आरोप लगाएका छन ।

बागलुङ्गबाट खटिने प्रहरीले अनाबश्यक रुपमा सवारी साधन नियन्त्रणमा लिने, पर्वतको सहस्राधारा देखि मालढुंगामा आएर समेत ब्यबसायीलाई दुःख दिएको आरोप निर्माण व्यवसायीहरुले लगाएका छन । सामान ओसारपसार गर्दा बिल लिएर हिँडे पनि मालढुङ्गामा प्रहरीले समयम–समयमा अनावश्यक दुःख दिने गरेको व्यवसायीको आरोप छ । शुक्रबार पनि पर्वतबाट निर्माण सामग्री लिएर आउँदै गरेका सवारी साधानलाई रोकेर गलत मनसायले बिल माग्ने र काट्न लगाउने गरेको निर्माण व्यवसायी रुद्रबहादुर महतले बताउनुभयो । ‘हामीले सबै सामानको बिल लिएर आउँछौँ, प्रहरीले अनावश्यक रुपमा गाडी रोकेर बिल काट्न लगाउने र दुख दिने गर्छ ।’ महतले भन्नुभयो । बागलुङ्ग प्रहरीले पर्वतको क्षेत्रमा समेत आएर हस्तक्षेप गरेपछि ब्यबसायीले हैरानी बेहोर्दै आएको बताएका छन ।

जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी निरिक्षक हेम केसीले कतिपयले मूल्यभन्दा कम गराएर कर छली हुने गरि निर्माण सामग्री लिएर आएको हुँदा उनीहरुलाई फर्काएको दाबी गर्नुभयो । अधिकांशले निश्चित दर रेटभन्दा कममा सामान लिएर आउने गरेको उहाँको भनाई छ ।