१५ जना सांसदमा कोरोना संक्रमण पुष्टि

0
Shares

एजेन्सी ।

जाम्बियाका १५ जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ ।

१५६ सांसदको कोरोना परीक्षणमा १५ जनालाई कोरोना पोजिटिभ देखिएको हो । स्वास्थ्यमन्त्री चितालु चिलुफ्याले सङ्क्रमण पुष्टि भएका सवै सांसदलाई आइसोलेसनमा राखिएको जानकारी दिएका छन् । यस्तै, संसद सचिवालयमा कार्यरत अन्य १५ जना कर्मचारीमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको बताएका छन् । जाम्बियामा पछिल्लो २४ घण्टामा १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यससँगै देशभरसङ्क्रमितको सङ्ख्या तीन हजार ८५६ पुगेको छ ।