भारतको सहयोगमा महेन्द्र क्याम्पसको नयाँ भवन निर्माण


न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल भारत मैत्री विकास सहयोग अन्तर्गत महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस नयाँ भवन निर्माण गरिएको छ ।

भारतीय सहयोगमा क्याम्पसको विज्ञान संकायका लागि नयाँ भवन निर्माण गरिएको हो । सो क्याम्पस भवन निर्माणमा ४ करोड ४३ लाख रकम खर्च भएको छ । नयाँ भवनमा पीएचडी, यूजी, पीजीका ७००० विद्यार्थी अध्यनरत रहने छन् ।