कोरोना खोप अर्को वर्ष मात्र आउन सक्ने दावी

0
Shares

वासिंगटन (एजेन्सी) । 

विश्वमा घातक महामारी बनेको कोरोना भाइरस संक्रमण रोक्न खोप विकासका क्रममा तीन वटा कारोना खोपको मानवमाथिको प्रारम्भिक परीक्षणको नतिजा सकारात्म रहेको समाचार आइसकेको छ ।

ती खोप विकास गर्ने गर्ने संस्था तथा देशले यसै बर्ष भित्रै ती खोपहरु प्रयोगमा आउन सक्ने दावी गरिरहेका छन् । तर विज्ञहरुले अझै पनि कयौं महिनासम्म खोप हासिल गर्न नसकिने बताएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का एक विज्ञका अनुसार खोप २०२१ भन्दा अघि प्रयोग गर्न सकिने छैन । अहिले पनि अन्तिम चरणको परिक्षणमा ठुलो संख्यामा मान्छेमा परिक्षण गरिसकेपछि मात्र वास्तवमा खोप कति प्रभावकारी छ भन्ने पत्ता लाग्नेछ ।

डब्ल्युएचओका हेल्थ इमरजेन्सी प्रोग्रामका प्रमुख डाक्टर माइक रायनले भने ( हामी राम्रो प्रगति गरिरहेका छौं । वास्तवमा अर्को बर्षको सुरुतिर मात्र मानिसहरुले खोप प्राप्त गर्न सक्ने देखिएको छ ।

खोप गरिब र धनीका लागि नभएर सबैका लागि हुने रायनले बताए । यो सबैलाई कसर दिने हो त्यो महत्वपुर्ण भएको एक अनलाई लाइभ सेसनमा रायनले बताए ।

यसैबीच युनिभर्सिटी अफ मिसिगन स्कुल अफ पब्लिक हेल्थका एपिडिमियाृेलाृेजीका सहायक प्रोफेसर आब्री गोर्डनले पहिलो र दोस्रो चरणको नतिजा आशा जगाउने खालको भएको बताए । हामीले यसमा विश्वास गर्नु पर्ने हुन्छ र अहिले सम्म खोप प्रभावकारी नै भएको प्रमाणित भइ नसकेको कुरालाई पनि ध्यान राख्नु पर्ने हुन्छ, उनले बताए । प्रारम्भिक चरणको परिक्षामा सुरक्षा हर्न र खोपबाट प्रतिरोधात्मक क्षमता उत्पन्न भइरहेको छ वा छैन पत्ता लगाउनका लागि हुने उनले बताए ।

अहिलेसम्म खोप विकास गर्ने होडमा बेलायतको अक्सफोर्ड युनिभर्सिटी, अमेरिकाको मोडर्ना इन्क र चीनको क्यानसिनोका खोपले मानव परिक्षणको प्रारम्भिक चरण पार गरिसकेको छ । प्रभावकारिताको हिसाबले अक्सफोर्डको खोप यो दौडमा सबैभन्दा अगाडी रहेको मानिएको छ । यो खोप दिएपछि एन्टिबडी र टी सेल बढेको पाइएको छ ।