पुलबाट हामफालेका वृद्ध बेपत्ता


न्युज अफ नेपाल, नवलपरासी ।

पूर्वि नवलपरासीमा विहिबार विहान एक वृद्ध पुलबाट हामफालि बेपत्ता भएकाछन् ।

बेपत्ता हुनेमा जिल्ला चितवन भरतपुर महानगर ५ निवासी धनपति भुसाल रहेको प्रहरीले जनाएको छ । भुसाल गैडाकोट २ पुर्व पश्चिम राजमार्ग स्थित नारायणी नदीको पुलमा कपडा छोडाई सोही पुलबाट हामफालि बेपत्ता भएकाहुन् ।

नदीमा बेपत्ता भुसालको खोजी कार्य भईरहेको र घटनाबारे अनुसन्धान थालिएको पूर्वि नवलपरासी प्रहरीले जनाएको छ ।