स्याङजाका प्रहरीमा कोरोना संक्रमण

0
Shares

अमृत अर्याल, स्याङजा ।

कोरोना भाइरस संक्रमण कार्यालयमै देखिएपछि प्रहरी कार्यालयभित्र रहेका सबैको नमूना श्वाव संकलनगरी पोखरा पठाइएको छ । प्रहरी कर्मचारी ६८, थुनुवा ५ र क्वारेन्टाईनका २७ जनाको नमूना श्वाव संकलनगरी पोखरा पठाइएको हो । प्रहरी कर्मचारीका थुनुवा, सहित ७३ जना र नगरपालिकाको क्वारेन्टाईनमा बसेका २७ जनाको नमूना श्वाव प्रादेशिक प्रयोगशाला पोखरा पठाएको पुतलीबजार नगर स्वास्थ्य शाखा प्रमुख बिष्णु काफ्लेले बताउनुभयो ।

‘बुधवार पनि प्रहरीका ३० सहित ४६ जनाको पिसिआर परिक्षणका लागि पठाएका छौं’ प्रमुख काफ्लेले थप्नुभयो, ‘क्वारेन्टाईनका १० र ट्राफिक कार्यालयका ६ जना हुन ।’ कार्यालयमा कार्यरत ३ प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसंगै अन्यको पनि नमूना श्वाव संकलन गरिएको हो । कार्यालय भित्र रहेका प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएकाले जिल्ला प्रहरी कार्यालय बुधवारदेखि शिल छ ।

सर्वसाधारण तथा सेवाग्राही प्रवेशमा पूर्ण रोक लगाए पनि सेवाग्राहीले निवेदन तथा जाहेरी, सरकारी तथा गैरसरकारी कार्यालयले पत्राचार गर्नु परेमा बिद्युत्तिय माध्यमको प्रयोग गरी इमेल तथा फोनको माध्यमबाट सेवा लिनुहुन प्रहरी उपरीक्षक विमलराज कणेलको सुझाव छ ।