वीरगञ्जमा कोरोनाबाट ८५ वर्षीया वृद्धाको मृत्यु

0
Shares

न्युज अफ नेपाल, वीरगञ्ज ।

कोरोना संक्रमणका कारण वीरगञ्जमा आज एक वृद्धाको मृत्यु भएको छ ।

गण्डक कोभिड अस्पतालमा उपचाररत ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जनाएका छन् ।

केही दिन अघि निमोनियाका कारण अस्पताल भर्ना भएकी वृद्धा मुटु रागी समेत रहेको खुलेको छ । अस्पताल भर्ना भएलगत्तै साउन ७ गते गरीएको कोरोना परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको थियो ।