मृर्गौला प्रत्यारोपण बिषयमा चिकित्सक संघको ध्यानाकर्षण

0
Shares

न्यूज अफ नेपाल, काठमाडौं ।

कलेज अफ मेडिकल साइन्सेज भरतपुर शिक्षण अस्पतालमा भएको मिर्गौला प्रत्यारोपणको विषयमा चिकित्सकहरु पक्राउ गरिएको घटनाप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

स्वास्थ्य सेवा प्रवाह गर्ने चिकित्सकीय जिम्मेवारी र कर्तव्य निर्वाहका क्रममा भएको घटनामा राज्यले सुरु गरेको अनुसन्धान लगायतका प्रक्रियालाई नेपाल चिकित्सक संघले नजिकबाट नियालीरहेको छ । उक्त घटनाबारे कानूनी प्रक्रिया नटुंगिदै “चिकित्सकको मिलेमतोमा मानव तस्करी भएको” भन्ने हिसाबले चिकित्सकमाथि विभिन्न माध्यमबाट लान्छाना लगाइएकोप्रति पनि संघको गम्भिर ध्यानाकर्षण भएको छ ।

कानून बमोजिम इजाजत प्राप्त स्वास्थ्य संस्था र चिकित्सकले स्वास्थ्य सेवा प्रवाह गर्दा गम्भिर फौजदारी अपराधको दायरामा ल्याई चिकित्सकहरुको मनोबल घट्न गई समग्र स्वास्थ्य सेवा प्रवाहमा प्रतिकूल वातावरण बन्न सक्ने तर्फ सबै पक्ष संवेदनशिल भईदिन समेत संघ आग्रह गर्दछ ।

यो विषयको तत्काल सत्यतथ्य बाहिर ल्याउन र अनुसन्धानलाई अनावश्यक रुपमा नलम्ब्याई द्रुतप्रक्रियाबाट न्याय निरुपण होस् भनि नेपाल चिकित्सक संघ सम्बन्धित सबैपक्षसँग हार्दिक अपील गर्दछ संघका महासचिव डा.बद्री रिमालले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।