भैसी बचाउन जाँदा ज्यान गयो

0
Shares

 

धादिङ । दक्षिणी धादिङको थाक्रे गाउँपालिका ६ रानीबारी कार्कीगाउँमा पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ ।

गोठमा बाँधिएको भैसी फुकाउन जाँदा पहिरोले गोठमा पहिरोले पुर्दा सानुबाबु पन्थको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

रातीको समयमा गोठमाथीबाट पहिरो झर्न लागेपछि भैसी फुकाउँन जाँदा गोठमा पहिरोले थिचेर पन्तको ज्यान गएको हो। पहिरोले पुरेर एउटा भैसी, एउटा बाख्रा समेत मरेको स्थानीय हरी थापाले बताउनु भएको छ। यो सहित जिल्ला भर मृत्युहनेको सख्या ५ जना पुगेको छ ।