सुकबहादुरले काटे आफ्नै अण्डकोष


स्याङजा, (नेस)

पुतलीबजार नगरपालिका–२ काभ्रे निवासी ४५ वर्षीय सुकबहादुर गुरुङले बुधबार साँझ आफ्नै अण्डकोष काटेका छन् । घाँस काट्ने हसियाँ प्रयोग गरेर आफैंले अण्डकोष काटी चुडिएको अवस्थामा उपचारका लागि अस्पतालमा ल्याएको प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल स्याङ्जामा केही उपचारपछि पोखरा रिफर गरिएको उपचारमा संलग्न डा. आशिष बस्ताकोटीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘उनीसँगै प्लास्टिकको झोलामा अण्डकोष राखेर ल्याइएको थियो । रगत थामिने केही उपचार गरेर पोखरा रिफर ग¥यौं ।’

उनको मानसिक सन्तुलन ठीक नरहेको पारिवारिक स्रोतले जनाएको छ । संयुक्त परिवारमा बस्दै आएका उनका १२ वर्षीया एक छोरी छन् भने पत्नी दोस्रो विवाह गरेर गएकी प्रहरीको भनाइ छ ।