सुरक्षित गोसाईकुण्ड दर्शन गर्न सहजता प्रदान गर्ने नेपाली सेना


सरस्वती न्यौपान,रसुवा ।

लामटाङ राष्ट्रिय निकुन्जको सुरक्षार्थ खटिएको नेपाली सेना कालिजंग गणले गोसाईकुण्ड यात्रा गर्ने दर्शन यात्रीहरुको सुरक्षित यात्राको लागी बुद्धमन्दिर देखि गोसाईकुण्ड सम्म अप्ठ्यारो बाटोहरुमा रेलिङ निर्माण द्रुत गतिमा अगाडी बढाएको छ ।

यस गणले गोसाईकुण्ड क्षेत्र संग र त्यस इलाकामा रहेको जैविक विविधताको रक्षा गर्दै स्वदेशी तथा विदेशी पर्यटकको सहजता आओस भनेर गत जेठ महिनाबाट निर्माण शुरु गरिएको हो । गणपति प्रमुख सेनानी सविन्द्र नगरकोटीका अनुसार अप्ठ्यारो भिरहरुमा २.५८ कि.मि. रेलिङ निर्माण चोलाङपाटीमा ४०÷२० फिटको विश्राम घर र बुद्धमन्दिरमा १२÷१२ फिटको ट्रस छाना निर्माण कार्य भइरहेको छ ।

गोसाईकुण्ड तिर्थयात्रा गर्दा भौगोलिक विकटताका कारण हाई अल्टिच्युत लाग्ने हुँदा स्वास्थ्यमा समस्या आउने भएकाले यस्तो अवस्थामा रेलिङ लगायत आराम गर्ने घर निर्माण गरि यात्र्ुहरुलाई सहजता प्रदान गर्न नेपाली सेनाको तर्फबाट एक महत्व पुर्ण योगदान रहेको छ ।

देशव्यापी रुपमा रहेको कोभिड—१९ माहामारीको समयमा पनि नेपाली सेनाले धार्मिक क्षेत्रको लागी आफ्नो योगदान दिएको छ । यस गणले विगतका वर्षहरु मा पनि दशहरा र जनैपुर्णिमाको अवसरमा चन्दनवारी र चोलाङ पाटीमा स्वास्थ्य शिविर सन्चालन गरी भक्तजनहरुको सेवाका लागी तातोपानीको समेत व्यबस्था गरेको थियो ।

भने विरामी तिर्थयात्रीको लागी उद्धार गरि थप उपचारका लागी जिल्ला अस्पताल धुन्चे ल्याउने व्यबस्था पनि गरेको थियो असोज महिनामा समापन गरि गोसाईकुण्ड गाउँपालिका लाई हस्तान्तरण गर्ने प्रमुख सेनानी नगरकोटी ले जानकारी दिनु भयो ।

यस पद यात्रा रेलिङ । प्रतिक्षालय मन्दिर—गेट निर्माण सामग्री खरिद र ढुवानीका लागी कुल बजेट ५० लाख निकासा भएता पनि अमृत घले निर्माण सेवाका प्रोप्राईटर लामा रेन्जेन घले सँग ठेक्का सम्झौता ३५ लाख ६ हजार ६ सय ६२ रुपैयाको लागतमा भई कार्य निर्माण सम्पन्न हुने छ भने श्रमदान कालिजंग गण बाट भएको छ ।

यस्तो पवित्र कार्य गर्ने नेपाली सेना कालिजंग गणलाई हृदय देखिनै रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले धन्यवाद व्यक्त गर्नु भयो । साथै यस्तो महान कार्यको लागी सम्पुर्ण रसुवालीले कालिजंग गणलाई सम्झिरहने समेत बताउनु भयो