सुन्दर राजधानीका कुरुप गल्लीहरु (फोटोफिचर)



अनिल आङ्देम्बे,काठमाडौं ।

राजधानीको मुटु बागबजारको भित्री सडक मुटुरोग लगेझैँ बिजोग : तस्वीरमा देखिएको सडक कतै नभई राजधानी मुटु बागबजारको भित्रि सडक हो। ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि अस्तव्यस्त रहेको सडक बर्खामा हिमाम्मे भएर हिंड्नै नसकिने अवस्थामा रहेको छ।

टेन्डर स्थानीय वडाबाट पास नगरीकन काठमाडौ महानगरपालिकाबाट गरिएकोले स्थानीय वडाले वास्त नगर्ने स्थानीय बताउछन् । लामो महामारीको लकडाउनको मार खेपेका यस भित्री सडकले छुने पसल र व्यापारीक केन्द्रका व्यापारी बाटोका कारण भाडा तिर्न नसक्ने अवस्था रहेको गुनसो गर्छन् । हिँड्नै नसकिने अवस्थामा रहेको हिल्लमे सडकका कारण दिनदिनै ग्राहक भड्किएको स्थानीय ब्यापारी बताउँछन् ।

लकडाउन पछी व्यापारने ठप्प भएको स्थनिको गुनसो रहेको छ। दिनदिनै वडा कार्यलय पानी धाउदा वडाका कर्मचारी महानगरले केन्द्रबाट टेन्डर पास गरिएकाले कहि गर्न नसक्ने व्यापारी र स्थानीयलाई जवाफ फर्काउने गर्छन्। स्थानीयका अनुसार वडाका कर्मचारी वडाले काठमाडौ महानगरपालिका सम्म समाचार मात्र पुर्याउन सक्ने तर्क दिन्छन् ।

सानो क्षेत्रफलमा रहेका बागबजारका भित्री सडक मर्मत तथा ढल निर्माण गर्न फरक फरक ठेकेदारको समातिएका थिए। मेलम्चीको पाइप बिछ्याउदा खनिएको सडक फेरि पुनःनिर्माण र ढल निर्माणका लागी भत्काइएको थियो। ढल निर्माण गर्न सडक भत्काउदा लापरबाहीका कारण खनेपानीका पाइप पनि काटिएको स्थानीय बत्ताउछन।

जतिसक्दो चाँडो सडकको निर्माण कार्य अघि बढाउन पहल गर्न स्थानीय र ब्यापारी विभिन्न सम्बन्धित निकयहरुमा गुहार्न बाध्य छ्न् तर उनीहरुको गुहार कसैले नसुनेको गुनासो रहेको छ।

तस्वीर : अनिल आङ्देम्बे












प्रतिक्रिया दिनुहोस्