पूर्व डीआइजी रञ्जन कोइरालालाई जन्मकैद हुनु पर्ने मागसहित महान्यायाधिवक्ताको पुनरावलोकन निवेदन

0
Shares

विकास भट्टराई,काठमाडौं ।

पत्नी हत्या गरेको आरोप लागेका तत्कालीन डीआइजी रन्जन कोइराला ८ वर्ष कैद बसी मुक्त भएका दिनमा नै महान्यायाधिवक्ताको कार्यालयले कोराइरालाई जन्मकैद हुनु पर्ने माग गर्दै बिहीबार नै सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गरेको छ ।

महान्यायाधिबक्ताको कार्यालयका प्रवक्ता संजीवराज रेग्मीेले उक्त निवेदन सर्वोच्चमा दर्ता भएको जानकारी दिनुभयो । पत्नी हत्या गरेको आरोप लागेका कोइरालालाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद गर्ने फैसला गरेको थियो । सो फैसलालाई उच्च अदालतले सदर गरेको थियो । सो फैसलामा चित्त नबुझेपछि कोइरालाले सर्वोच्चमा पुनरावेदन गर्नुभएको थियो ।

सर्वोच्च अदालतले मुलुकी ऐन दण्ड सजायँको १८८ नम्बर प्रयोग गरी उक्त फैसला आंशिक उल्टी गरी ८ वर्ष कैद हुने फैसला गरेको थियो । आठ वर्ष कैद भुक्तान गरेको कोइराला आजै कैद मुक्त हुनुभएको छ । पुनरावलोकनको निवेदनमा सर्वोच्चले १८८ नम्बर गलत रुपमा प्रयोग भएको दावी गरेको छ ।