थप १४७ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ४३ पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज मात्रै थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको संख्या १८ हजार २ सय ४१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस्तै, आज थप १५६ जना संक्रमित निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या १२ हजार ८ सय ४० पुगेको छ ।

नेपालमा हालसम्म ४३ जना संक्रमितको मृत्यु भइसकेको छ।