विभिन्न १५ जिल्लामा हाइअलर्ट , आकस्मिक बाढीको सम्भावना

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं । पछिल्लो ३ घण्टामा देशका पश्चिमी पहाडी तथा तराईका जिल्लाहरुमा मध्यम बर्षा भएको छ भने आकस्मिक बाढीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले चेतावनी जारी गरेको छ ।

जसअनुसार सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, तनहूँ, लमजुङ, स्याङजा, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, रूपन्देही, कपिलबस्तु र आसपासका क्षेत्रमा मध्ययम बर्षा मापन गरेको विभागले जनाएको छ ।ती स्थानका साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज र भोली कन्काई, बागमती, तिनाउ, पश्चिम राप्ती र बबईका केहि सहायक नदीमा पनि आकस्मिक बहाव हुन सक्ने विभागले जनाएको छ ।त्यसैगरी आजदेखि तीन दिनसम्म नारायणी र यसका सहायक नदीमा बहाव केहि बढ्ने, अन्य सबै प्रमूख र मझौला नदीको जलसतह केहि घटबढ हुने र सतर्कता बिन्दुभन्दा तलै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।