रन्जन कोइराला रिहाइ : महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च फैसलाको पुनरावलोकन गर्ने

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

पूर्व डीआईजी रन्जन कोइरालाको रिहाइलाई लिएर महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन गर्ने जनाएको छ ।

श्रीमती हत्यामा जेल सजाए भोगिरहेका कोइराला सर्वोच्चको फैसला अनुसार आज रिहा भएका छन् । सर्वोच्चले जन्म कैद सजाय भोगरहेका कोइरालाको आधाभन्दा बढी सजाय घटाइदिएपछि सशस्त्र प्रहरीका पूर्व डीआईजी कोइराला जेलमुक्त भएका हुन् । श्रीमती गीता ढकालको हत्या गरेका काइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो ।

तर, असार १५ मा प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबरा र तेजबहादुर केसीको इजलासले हत्या हुनुमा मृतको गल्ति देखाउदै कोइरालाविरुद्धको सजाय घटाएको थियो । कोइरालाले ८ वर्ष अघि श्रीमतीको हत्या गरी मकवानपुरको जंगलमा लगेर शव जलाएका थिए ।