रञ्जन कोइरालाको फैसला पुनरावलोकन गर्ने तयारी

0
Shares

न्युज अफ नेपाल,काठमाडौं,

आफ्नै श्रीमतीको हत्या गर्ने सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको कैद सजाय घटाइदिएको सर्वोच्च अदालतको फैसला विरूद्ध महान्यायाधीवक्ता कार्यालयले पुनरावेदन दिने भएको छ।

महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले कोइरालाको कैद सजाय घटाउन प्रधानन्यायाधीश चोलेन्द्र राणासहितको इजलासले उल्लेख गरेको मुलुकी ऐन १८८ नम्बरको प्रयोग यसअघि सर्वोच्चले प्रतिपादन गरेका कानुनी सिद्धान्तविपरीत हुने भन्दै पुनरावलोकन गर्न खोजिएको बताउनुभयो ।कोइरालाको मुद्दामा हामी पुनरावलोकन गर्न जाने भन्ने छ। निर्णय भैसकेको त छैन तर तयारी गरिरहेका छौं। पुराना नजिर खोज्ने र ड्राफ्टिङको काम भइरहेको छ, ।’ उहाँले भन्नुभयो ।

सर्वोच्च अदालतले जेल सजाय घटाएपछि कोइराला आजै कैदमुक्त हुनुभएको छ ।कोइरालालाई सर्वस्वसहित जन्मकैदको फैसला चर्को पर्न जानेु भन्दै असार १५ गते प्रधानन्यायाधीश राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले उहाँको कैद सजाय घटाइदिएको थियो।

कोइरालाले साढे ८ वर्षअघि आफ्नी श्रीमती गीता ढकाललाई मारेर प्लास्टिकमा पोको पारी मकवानपुरको टिष्टुङ जंगलमा पुर्‍याई पेट्रोल छर्केर जलाएका थिए। गीताले नै रिस उठाएका कारण रञ्जनले मारेको भन्दै सर्वोच्चले उहाँलाई जिल्ला र पुनरावेदन अदालतले गरेको सर्वस्व सहितको जन्मकैद सजाय घटाइदिएको हो।