नारायणी अस्पतालमा मृत्यु भएका वृृद्धमा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नारायणी अस्पतालमा बुधबार बेलुका मृत्यु भएका एक जना वृृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि साउन ६ गते नारयणी अस्पतालमा भर्ना भएका वीरगञ्जका ७० वर्षका वृृद्धको मृत्यु भएको हो । उनको मृत्यु लगत्तै अस्पतालले नमूना संकलन गरी परीक्षणका लागि पठाएको थियो । कोरोना परीक्षण रिपोर्टमा उनी संक्रमित भएको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

संक्रकणका कारण मृत्यु भएका उनको शव व्यवस्थापन सेनाले गरिरहेको अस्पतालले जनाएको छ । अस्पतालले मृतकको कोरोना संक्रमणका कारण मृत्यु भएको बताएपनि स्वास्थ्य मन्त्रालयले भने पुष्टि गरेको छैन ।