गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्वतका दुई जना, कास्कीका दुई जना र स्याङ्जाका एक जनामा कोरोना संक्मण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा हालसम्म १ हजार ३ सय ५० जना कोरोना संक्रमित भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमित मध्ये हालसम्म १ हजार ९१ जना कोरोना मुक्त भएर घर फर्किएका छन् ।