ब्राउन सुगर सहित एक पक्राउ

0
Shares

सुभेन्द्र दास लहान । सिरहा प्रहरीले लागू औषध ब्राउन सुगर सहित एक जना लाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यलय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका १ बस्ने अरुण कुमार पुर्वेले आफ्नै घरमा बिक्री बितरणको लागि लुकाई छिपाई राखेको अवस्थामा उक्त लागू औषध बरामद गरेको थियो । प्रहरीले लागू औषध ब्राउन सुगर १ ग्राम ३०० मिलिग्राम र लागू औषध गाजा प्लाष्टिकको पोकामा ५५ ग्राम १४० मिलिग्राम सहित पुर्वे लाई नियन्त्रणमा कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।