५ हजार केजी केराउ सहित ट्याक्टर नियन्त्रणमा


न्युज अफ नेपाल,नवलपरासी ।

अवैध रुपले नेपालबाट भारत निकासी हुने केराउको ट्रान्जिट तोड्न पश्चिम नवलपरासी प्रहरी सक्रिय बनेको छ ।
यसै क्रममा प्रहरीले मंगलबार सांझ करिव ४ लाख २५ हजार मुल्य बराबरको मटर सहित १ टयाक्टर नियन्त्रणमा लिएको जिप्रका नवलपरासी पश्चिमले जनाएको छ ।

जिप्रका पश्चिम नवलपरासी, ईप्रका बेलाटारी र प्रहरी चौकी बसहियाको संयुक्त गस्ती टोलीले प्रतापपुर ७ जगन्नाथपुरबाट लु २ त १८२२ नम्वरको टेक्टर सहित ५ हजार केजी मटर (केराउ) नियन्त्रणमा लिएको हो ।

प्रहरीले केराउ लोड सहितको टेक्टर र चालक बर्दघाट १२ का ४० वर्षीय खड्क बहादुर मुसहरलाई आवश्यक कार्यबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाएको जिप्रका पश्चिम नवलपरासीका सूचना अधिकारी प्रनाउ राजु लामाले बताउनु भयो ।

विगत केही दिन यता यहांका सिमाचौकीबाट गस्तीमा रहेको प्रहरी टोलीले प्रतापपुर ५ को भैरवपुर, सरावल ७ को मुजरहिया र पाल्हिनन्दन २ को सिमा क्षेत्र नजिकबाट पनि मटर बरामद गरेको थियो ।