अढाइ करोड रुपैयाँको एलपी ग्यास सिलिन्डर वितरण हुँदै

अनुत्पादक योजना भन्दै नगरबासीद्वारा बिरोध


बिष्णु तिमिल्सिना,गुलरिया,बर्दिया

बर्दिया जिल्लाको जेठो गुलरिया नगरपालिकामा चालु आर्थिक वर्ष २०७७/७८ मा करिव अढाइ करोड रुपैयाको खाना पकाउने एलपी ग्यास जनतालाई वितरण गरिने कार्यक्रम रहेको छ । नगरपरिषद द्धारा पारीत उक्त कार्यक्रम अनुत्पादक र वितरणमुखी भन्दै जनता द्धारा विरोध हुन थालेको छ ।

सो नगरपालिका वडा नं ९ का वडावासीहरुले नगरपालिका द्धारा वडामा छुट्याएको विकास वजेट उत्पादित कार्यभन्दा अनुत्पादित कार्यमा ४० लाखको ठुलो रकम जनप्रतिनिधिहरुले आफु खुसी गर्न लागेको भन्दै त्यसको विरोधमा बुधवार नगरपालिकामा ज्ञापन पत्र पेश गरेका छन् ।

ज्ञापन पत्रमा सरकारले जनताको सरवोत्तम हित को पक्षमा योजना निर्माण तथा कार्यान्वयन गरिरहेको सन्दर्भमा गुलरिया नगरपालिका का केही वडाहरुले विकास वजेटको आधा रकम राहतमुखि पद्धति अनुरुप ग्यास सिललिन्डर वितरण गर्ने योजना गराइ नगरपरिषद वाट समेत पास गराएको सुन्दा त्यसको विरोधमा हामी सचेत नागरिकहरुको तर्फवाट ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

अघिल्लो आर्थिक वर्षमा पनि वजेटको ठ्लो हिस्सा ग्यास सिलिन्डरमा खर्च गरिएको तर त्यसको उपयोग नभई प्रयोग विहीन भएको जानकारी गराउदै जनतालाई आत्मनिर्भता भन्दा पनि परजीवि र परनिर्भरता तर्फ उन्मूुख गराइ आफ्नो भोट वैंक स्थापना गर्न खोजिएको महशुस गरेर यस्ता असान्दर्भिक र अर्थहीन योजना कार्य प्रति घोर आपत्ति जनाउदै योजना परिवर्तन गर्न जोडदार माग गर्दछौ भनिएको छ ।

साथै हाल कोभिड १९ का कारण सयांैकौ संख्यामा भारत तथा अन्य मुलुक वाट युवाहरु गउमा फर्किएका छन् । यती ठुलो मात्रमा गाउ फर्किएको वेरोजगार जनशक्तिलाई सीपमुलक तालिम प्रदान गरी रोजगारउन्मुख गराउन , युवाहरुलाई स्वरोजगराउन कृषि, पशुपालन तथा खेतीपाती तथा विभिन्न व्यवसायमा आवद्ध गराउन वजेट तथा कार्यक्रम विनियोजन गर्न माग गरिएको छ ।

ज्ञापन पत्रमा हस्ताक्षर गर्नेमा सृजनशिल कृषि सहकारी संस्थाका तारा वहादुर सुनार लगायत ६२ जना रहेका छन् ।
नगरप्रमुख मुक्तीनाथ यादव कार्यलयमा नभएकाले उपप्रमुख शुशिला गिरीलाई वुझाइएको छ । ज्ञापन पत्र वुझ्नुहदै उपप्रमुख गीरीले सचेत युवाहरुको यो कार्य सान्दर्भिक छ , यस्तो जागरण सवै ठाउमा आउनुपर्छ र यसवाट नगरपालिकालाई आफ्ना योजना तथा कार्यक्रम छनौट गर्न र परिमार्जन गर्न मदत पुग्ने छ भन्दै आफुले ज्ञापन पत्रको माग पुरागर्न तर्फ पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

गुलरिया नगरपालिकाले अघिल्लो आर्थिक वर्ष वजेट पारीत गर्दा नगरस्तरिय तथा वडा स्तरिय योजनामा गरि १ करोड ३ लाख रुपयाको खाना पकाउने एलपी ग्यास सीलिनडर तथा चुलो कोलागि रकम छुटयाएको थियो लकडाउनका कारण केही रकमा त्यस शिर्षमा खर्च गर्न नसकिएको वुझिएको छ । चालु आर्थिक वर्षका लागि गत श्रावन ३१ गते सम्पन्न नगरपरिषद वाट नगरस्तरिय योजनामा १ करोड रुपयाको खाना पकाउने एलपी ग्यास सिलिन्डर वितरण गर्न रकम विनियोजित गरिएको छ ।

त्यस्तै वडा नं ९ मा ४० लाख, वडा नं १० मा २६ लाख, वडा नं ८ मा २५ लाख ,वडा नं ३ को २५ लाख , वडा नं ७ मा २० लाख गरी २ करोड ३६ लाख रुपीयाको ग्यास सिलिन्डर वितरणका लागि रकम विनियोजित गरिएको कुरा गुलरिया नगरपालिका वाट जानकारी प्राप्त भएको छ । नगरपालिकाका कार्यकारी प्रमुख कृष्ण प्रसाद गौतम परिषदको निर्णय प्रमाणीकरण नगरिकनै घर जानु भएकोले औपचारिक रुपले नगरपरिषदको निर्णय नगरपालिकाले उपलव्ध गराउन नसक्ने कुरा सम्वन्धित कर्मचारीले जानकारी गराउनु भयो ।