धुलिखेलका सबै वडामा सिसिटिभी


मोतीराम तिमल्सिना,काभ्रे ।

धुलिखेल नगरपालिकाले नगरका विभिन्न महत्वपूर्ण क्षेत्रमा नागरिकहरुको सुरक्षाका लागि सिसिटिभी क्यामेरा जडान गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेसँग सम्झौता गरेको छ । नगरपालिकाले आवश्यक ब्यवस्थापन गर्ने र प्रहरीले निगरानी गर्ने सम्वन्धमा धुलिखेल नगरपालिका र जिल्ला प्रहरी कार्यालय काभ्रे बीच सम्झौता भएको छ । सोहि अवसरमा पहिलो चरणमा १२ वटा क्यामेराको उद्घाटन गरिएको छ ।

नगर प्रमुख अशोक ब्याञ्जुले सिसिटिभी क्यामेराले नागरिकहरुको शान्ति सुरक्षा र अमन चयन कायम गर्ने सन्र्दभमा प्रहरीलाई थप सहयोग पु¥याउने उदेश्यले सिसि क्यामेरा जडान गरिएको बताउनु भयो । ‘पहिलो चरणमा शहरमा विभिन्न स्थानहरुमा सिसिटिभी क्यामेरा जडान गरिएको छ’–नगर प्रमुख ब्याञ्जुले भन्नुभयो–‘दोश्रो चरणमा मुख्य–मुख्य चोक, पर्यटकिय क्षेत्र, विश्वविद्यालय क्षेत्र, अस्पताल क्षेत्र, ऐतिहासिक र सांस्कृतिक क्षेत्रमा क्यामेरा जडान गरिनेछ ।’

नगरपालिकाले अघिल्लो वर्ष २० लाख रुपैया बजेट विनियोजन गरे पनि कोरोना भाईरसका कारण खर्च हुन सकेको थिएन । धुलिखेलका सबै वडाहरुमा फाईबर विछ्याएर थप सहजिकरण र सहजता प्रदान गरिएको छ । सोहि फाईबर मार्फत नगर भित्रका अन्य सुचनाका कार्यहरु पनि गरिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेलले बताउनु भयो ।

सिसिटिभी क्यामेरा उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले कम जनशक्तिमा धेरै काम गर्न सकिने सिसिटिभी क्यामेरा जडान महत्वपूर्ण भएको बताउनु भयो । यसको नियमित ममर्त सम्भार आवश्यक रहेकाले त्यसको कार्यमा ध्यान दिन अनुरोध गर्नु भयो । प्रहरीको जनशक्ति आधा मात्रै भएकाले सिसिटिभी क्यामेराको जडान नियमित गर्नुपर्ने उहाँको भनाई थियो ।

जिल्ला प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले जिल्लाको शान्ति सुरक्षा कायम गर्ने सन्र्दभमा सिसिटिभी क्यामेरा जडान महत्वपूर्ण भएको बताउनु भयो । अपराधमुक्त नगरपालिका बनाउने अभियानमा सिसिटिभी क्यामेरा जडानमा नगरपालिकाले गरेको सहयोगमा उहाँले धन्यवाद ब्यक्त गर्नु भयो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत उक्त कार्यक्रम संचालन गरिएको हो । धुलिखेलमा ३० वटा क्यामेरा जडान हुनेछ ।