गाउँलाई धार्मिकसंगै पर्यटकीय स्थल बनाउन लागे लल्याङका युवा


भूपराज बस्याल,स्याङ्जा ।

गल्याङ नगरपालिका ३ लल्याङका युवाहरु पछिल्लो समय गाउँलाई धार्मिकसंगै पर्यटकीय स्थल बनाउन लागि परेका छन् । बजारको नजिकै रहेको र गाउँ नगरपालिकाको लगभग केन्द्रविन्दुमा पर्ने भएको हुँदा धार्मिक स्थलसंगै पर्यटकीय स्थलको राम्रो सम्भावना देखेर यतातर्फ लागेको स्थानीय युवा छबि भट्टराईले जानकारी दिनुभयो ।

 

हिन्दु धर्मको बाहुल्यता रहेको यस नगरपालिमा प्राय धार्मिक कार्यक्रमहरुको लागि राम्दी जानुपर्ने हुँदा त्यसको विकल्पको लागि यहाँको बिकास गरिएको उहाँको तर्क छ । हिन्दु धर्मावलम्बीहरुको लागि समयसमयमा विभिन्न धार्मिक कार्यक्रम समेत गर्दै आएको उक्त समाजले साउन महिनाको प्रत्येक सोमबार कालीगण्डकी देखि जल ल्याएर मन्दिरमा चढाउने सामुहिक कार्यक्रम समेत राखेको छ ।

यस ठाउलाई धार्मिकसंगै पर्यटकीय स्थल बनाउन २०६३ साल देखिनै स्थानीयहरुले शुरु गरेको यो कार्यक्रमलाई साकार पार्न तत्कालीन अवस्थामा स्वर्गीय देबिप्रसाद भट्टराईको पहलमा गाउँलेहरुले रकम उठाएर राष्ट्रिय स्तरको खेल मैदान निर्माण गर्ने लक्ष राखेर गाउँ कै केन्द्रबिन्दु मा रहेको सार्वजनिक जग्गा तथा यसको आसपासमा रहेको केही ब्याक्तिगत लालपुर्जा भित्र भएको जग्गा समेत खेल मैदान, धार्मिक तथा पर्यटकीय स्थल निर्माण का लागि उपलब्ध गराउने सहमती भएपनि बजेट अभावमा तत्कालीन समयमा सबैकाम गर्न नसकिएको मन्दिर निर्माण समितिका अध्यक्ष गोपाल प्रसाद भट्टराईले बताउनुभयो ।

उहाँले भन्नुभयो पछिल्लो समय नगरपालिकाबाट १३ लाख आर्थिक सहयोग र करिब ६ लाख स्थानीय तथा सहयोगी चन्दा दाताहरुको सहयोगबाट बिराट राधाकृष्ण मन्दिर निर्माणगरि राधाकृष्ण भगवानको मुर्ति स्थापना गरिएको छ । नेपाल समाचारपत्रसंग कुराकानी गर्दै उहाँले भन्नुभयो हाल राधाकृष्ण मन्दिर परिसरको भित्र उत्तरी भागमा एउटा शिवजीको मन्दिर समेत निर्माण गरेर शिवलिंग स्थापना गरिएको छ भने मन्दिर निर्माण सम्पन्न गर्दा सम्म अझै पनि मन्दिर को रु ४ लाख ५० हजार रिण रहेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

धार्मिकसंगै पर्यटकीय स्थल निर्माण गर्ने क्रममा स्थानीय सामाजसेबी हरि प्रसाद भट्टराईको सक्रियता र बुटवल पावर कम्पनी को आर्थिक सहयोगमा ब्याटमैन्टिनकोट स्थापना गरिएको भट्टराईले जानकारी गराउनुभयो । उहाँकै सक्रियतामा चापाकोटबाट १०८ पिपलका बिरुवा ल्याएर स्थानीय र लायन्स कलब अफ गल्यङ सिटिको उपस्थितिमा वृक्षरोपण गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

त्यस्तै यस क्षेत्रको विकाससंगै गल्याङ ११ मा अबस्थित निमाक्षेत्रको पबित्र कालीगण्डकी उत्तर बाहिनी निदिको समेत अस्तित्व लाई जोगाइ राख्ने उद्देश्यले यहाँका युबाहरु हिन्दू धर्मको महत्त्व राख्ने दिनहरु जस्तै बैशाख सक्रन्ती श्रवण महिना भरी पर्ने सोमबारका दिन उक्त क्षेत्रबाट जल ल्याएर शिव मन्दिरमा चढाउने र बैशाख महिना मा पर्ने अठतृतिया , कृष्ण जन्म अषटमीमा कृतन गर्दै र हरेक दिन बिहान साझ मन्दिरमा पुजा आरधना गरिदै आएको बोल बम समितिका उप संयोजक नेत्र अर्यलले जानाकारी गराउनुभयो ।

यस क्षेत्रको थप बिकासकालागि स्थानीय सरकारले थप टेवा पुर्याएको खण्डमा मन्दिरको तल्लो तलामा योग साधना केन्द्र को स्थापना गर्ने लक्ष्य राखिएको टोल बिकास समितीका सचीव समेत रहनुभएका छवि भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो मन्दिर भन्दा माथी गल्याङ चापकोट सडक खण्डको छेउमा एउटा सामुदायिक भवनको समेत निर्माण गरिसकिएको छ जुन भवनमा यहाँका आमा समूह युवा क्लब को कार्यालय स्थापना गरि गाउँ भेला गाउँ सभा लगाएतका अन्य बैठकहरु बस्दै आइरहेको र यस भवनमा एउटा सहरी क्लिनिक संचालन गर्ने समेत लक्ष्य राखिएको उहाँले बताउनुभयो । पालिकाको यस गाउँमा ध्यान पुग्न सक्यो भने यस क्षेत्रकै ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल बन्ने स्थानीयको अपेक्षा छ ।