स्वास्थ्यकर्मीलाई किशोर किशोरी मैत्री सेवाका लागि अभिमुखीकरण


बासुदेव शर्मा,जाजरकोट ।

कोरोना भाईरस(कोभिड-१९) को समयमा किशोर किशोरी मैत्री सेवाको निरन्तरता तथा बर्गीकृत तथ्यांक सम्बन्धी स्वास्थ्यकर्मीहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ । भेरी नगरपालिका सेभ द चिल्ड्रेनको समन्वयमा पाँचतारा युवा संरक्षक मन्च जाजरकोटले सदरमुकाम खलंगामा स्वास्थ्यकर्मीलाई किशोर किशोरी मैत्री सेवाका लागी अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।

भेरी नगरपालिकामा स्थापना भएका स्वास्थ्य चौकीहरु जगतिपुर, बाहुनथाना, कुदु, भुर र पुन्माका स्वास्थ्य चौकी प्रमुख, स्वास्थ्य संस्थाका थप किशोर किशोरीहरुका लागी प्रजनन स्वास्थ्यको तालिम प्राप्त स्वास्थ्यकर्मीका लागी कार्यक्रम संचालन गरिएको हो । नेपाली युवाका लागी स्वास्थ्य रुपान्तरण परियोजना लागु भएका छेडागाड नगरपालिकामा अगाडी नै अभिमुखिकरण कार्यक्रम संचालन गरिएको थियो ।

महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण किशोर किशोरीमा पर्न गएको मानसिक स्वास्थ्य समस्यालाई सम्वोधन गर्न र उनीहरुका लागी सहज रुपमा सेवा लिने बातावरण निर्माणका लागी आयोजना गरिएको कार्यक्रमको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका डाक्टर भुपेन्द्र मल्लले सहजिकरण गर्नु भएको थियो ।

भेरी नगरपालिकाका नगर उप प्रमुख भावना भण्डारीले कार्यक्रममा सिकेका कुरा कार्यक्रमा लागु गरेमा त्यहाका किशोर किशोरीका लागी फलदायी हुने वताउनु भयो । पुर्वाधार निर्माणले भन्दा राष्ट्र निर्माणका लागी आवश्यक युवा जनशक्तिका लागी उचित बातारवरण निर्माण गर्न सके मात्र प्रभाकारी हुने बताउनु भयो ।

कोरोना भाईरसका कारण किशोर किशोरी फुर्सदमा रहेको र महामारीको त्रासले स्वास्थ्य संस्था सम्म सहज रुपमा पुगेर आफनो समस्या प्रस्तुत गर्न नसक्ने अवस्थाका किशोर किशोरीका लागी महत्वपुर्ण कार्यक्रम भएको भुर स्वास्थ्य चौकीका प्रमुख लाल बहादुर खडकाले वताउनु भयो ।

बर्तमान अवस्थामा किशोर किशोरीको मानसिक स्वास्थ्य सम्बोधन, मनोपरामर्श, किशोर किशोरीहरुका लागी यौन तथा प्रजनन स्वास्थ्य सेवाका बारेमा स्वास्थ्य संस्थामा प्रयोग हुने रजिष्टर प्रयोग विधि, किशोर किशोरीको प्रजनन स्वास्थ्य सेवा प्रयोगको अवस्था र नेपालमा किशोर किशोरीको बर्तमान अवस्था तथा कोभिड १९ को महामारीले पारेको प्रभावमा केन्द्रित रहेर कार्यक्रम संचालन गरेको नेपाली युवाका लागी स्वास्थ्य रुपान्तरण परियोजनाका संयोजन अस्मिता राजभण्डारीले वताउनु भयो ।

पाँचतारा युवा संरक्षक मन्च जाजरकोटले कोरोना महामारीका अवधिमा स्वास्थ्य सामाग्री सहयोग तथा नेपाल सरकारको केन्द्रिय विपद व्यवस्थापन कोषमा १ लाख ७६ हजार रुपैया सहयोग गरेको कार्यकारी निर्देशकछवि पन्तले बताउनु भयो । कोरोना भाईरसको महामारीका समयमा महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरेर घरभेट लगाएतका कार्यक्रम संचालन गरेको छ ।