अपहरणमा परेका ब्यक्ति युवतीसंग भेटिए ?

0
Shares

 

काठमाडौ । चुनदेवी बस्ने एक युवकले अपहरणमा परेको नाटक गरेर गोगंबुस्थित एक गेष्ट हाउसमा युवतीसंग बसी रहेको बेला प्रहरीले पक्रउ गरेको छ ।
गत असार २४ गतेदेखि घरबाट सम्पर्क बिहीन भएका शक्तिराज रेग्मीको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखाले गोंगबुस्थित सुगन्ध गेष्ट हाउसबाट रेग्मी र एक युवतीलाई पक्राउ गरेको थियो ।
घर परिवारबाट समेत सम्पर्क बिहीन भएका रेग्मी हराएको निवेदन परेपछि खोजतालस गर्ने क्रममा उनलाई युवतीसंग बसीरहेको अवस्थामा फेला पारेको महाशाखाका एसपी ईश्वरबाबु कार्कीले जानकारी दिनुभयो ।
जग्गाको कारोवार गर्ने बहानामा बिभिन्न ब्यक्तिसंग करोडौ रुपिया लिएको र उक्त रकम तिर्न नपरोस भन्ने हेतुले अपहरणमा परेको नाटक गरेको प्रहरीलाई रेग्मीले बयान दिएका छन ।
प्रहरीलाई समेत हैरानीमा पारेपछि उनी बिरुद्ध कडा कारवाही हुने महाशाखाले जनाएको छ ।