आज १०० जना कोरोना संक्रमित थपिए,२०७ जना डिस्चार्ज

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

बुधबार थप जनामा १०० कोरोना संक्रमण पुष्टि भएको छ । आज २०७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।

यस्तै बुधबार कोरोना संक्रमणबाट २ जनाको म‌ृत्यु भएको छ । महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।