अभिनेता राजेश हमालका भाईको निधन

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

अभिनेता राजेश हमालका भाई राकेश हमालको निधन भएको छ । भारतको नयाँदिल्लीमा उनको उपचारका क्रममा निधन भएको हो । उनी चर्चित नेपालीअभिनेता राजेश हमालका एक मात्र भाई हुन् ।

कलेजोको समस्याका कारण उनलाई केहीदिन अघि प्लेन चार्टर्ड गरेर दिल्ली पुर्‍याइएको थियो । अभिनेता राजेश र राकेशको परिवार एउटैघरमा बस्दै आएका छन् । राजेश हमाल अहिले काठमाडौंमै छन् ।

राकेशको शवलाई दिल्लीबाट ल्याउने विषयमा छलफल भइरहेको पारिवारिक स्रोतले बताएको छ ।घटनाको बारेमा जानकारी भएपछि आफन्तहरु कपूरधारास्थित हमाल निवासमा जम्मा भएका छन् ।