जिपबाट खसेर स्याङ्जामा एकको मृत्यु


भूपराज बस्याल,स्याङ्जा ।

सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा जिल्ला भिरकोट नगरपालिका ४ छाङछाङदीमा आज बिहान जिपबाट खसेर एक जनाको मृत्यु भएको छ ।

त्रियासीबाट बयारघारी तर्फ जादै गरेको ग १ ज ७४४५ नम्बरको जिपको ढालाबाट खसेका पाल्पा जिल्ला रम्भा गाउपालिका ४ का बर्ष १६ का मान बहादुर सारुको उपचारको क्रममा पोखरा मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका स्याङ्जाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । हाल जिप र चलाक दुबै प्रहरीको नियन्त्रणमा रहेको पनि उहाँले जानकारी दिनुभयो ।