पहिरोका कारण मृत्यु भएका परिवारलाई सहयोग


टंकराज अधिकारी,पोखरा ।

गत असार २५ गते अविरल वर्षाका कारण गएको पहिरोका कारण मृत्यु भएका पोखरा–१८, सराङकोट स्थितगोठाडीका परिवारलाई राहत रकम सहयोग गरिएको छ ।लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपाल अन्तर्गत पोखरा र काठमाँड़ौ स्थित विभिन्न ९ वटाक्लबको संयुक्त आयोजनामा संकलित १ लाख १० हज़ार ६ सय ५ रूपैया मृत्यु भएका टंक बहादुर थापा, सोममाया थापा मगर, सुदान थापाका आश्रित परिवारका लागि सहयोग हस्तान्तरण गरिएको कार्यक्रमकासंयोजक डिष्ट्रिक्ट एओजी मोती तिमिल्सेनाले जानकारी दिनुभयो ।

वहाँका अनुसार सहयोग जुटाउने क्लबहरूमा लायन्स क्लब अफ हेम्जाबाट रु १० हज़ार, लायन्स क्लब अफपोखरा ताल बाराही १० हज़ार, बिरौटा साझा चौतारीबाट १० हज़ार १ सय ५, पोखरा लाली गुरास १० हज़ार, पोखरा सरांगकोटले १५ हज़ार, पोखरा वर्किंग टुगेदरले १० हज़ार प्रदान गरेका छन। त्यस्तै, लायन्स क्लब अफलेखनाथ सेवेन लेक सिटीबाट १० हज़ार, पोखरा डल्फ़िनले १० हज़ार ५ सय, काठमाँड़ौ बुढी गण्डकीले १०हज़ार, पोखरा बिरौटा घर भै हाल युएसए निवासी सुशीला सुबेदीले १० हज़ार र पूर्व डिष्ट्रिक्ट गभर्नर धुर्वबहादुरथापाले रु ५ हज़ार प्रदान गर्नुभएको छ ।

बुधवार पोखरा–१८, सराङकोट स्थित गोठाडीमा पोखरा स्थितक्लबहरूद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा डिष्ट्रिक्ट ३२५ बी १ नेपाल प्रथम भाईस डिष्ट्रिक्ट गभर्नरबिशेश्वर आचार्य, पूर्व डिष्ट्रिक्ट गभर्नर धुर्वबहादुर थापा लगाएतका डिष्ट्रिक्ट पदाधिकारी एवं क्लबअध्यक्षहरूले परिवारका तर्फ़बाट राहत संकलन समितिका संयोजक संजिव बहादुर थापा र पोखरामहानगरपालिका वड़ा नं १८ का वडाध्यक्ष रणबहादुर थापालाई सो रक़म हस्तान्तरण गरिएको थियो ।


सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट ३२५ बी १ नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नरबिशेश्वर आचार्यले कोभिड–१९ को माहामारी कारण लायन्सहरु पनि पीडित र प्रभावित भएको बताउदै आफ्नोपीडाका बिच पनि लायन्सहरु अरुलाई सहयोग गर्न आतुर हुनुमा गर्व महशुष भएको बताउनु भयो।

त्यस्तै विशेष अतिथि पूर्व डिष्ट्रिक्ट गभर्नर धुर्वबहादुर थापाले नेपाली लायन्स आपत बिपतको बेला सरकारपुग्न नसकेको ठाउँमा पुगेको छ, मुलुकलाई विपत पर्दा उद्वारमा सहयोग जुटाउन पाँउदा अत्यन्त सन्तुष्टीमिलेको बताउनुभयो। वहाँले आफु २०१५र१६ मा गभर्नर हुदाको स्मरण गर्दै तत्कालीन समयमा भुकम्प जाँदालायन्सहरु पनि पीडित भएका थिए । यद्यपी आफ्नो पीडाका बिच पनि लायन्सहरु अरुलाई सहयोग गर्न अघिसरेका थिए ।

पोखरा महानगरपालिका वड़ा नं १८ का वडाध्यक्ष रणबहादुर थापाले सहयोग रक़म ग्रहण गर्दै पिडितपरिवारको लागि पुनर्वासका लागि वड़ाले आवश्यक पहल गरेको जानकारी गराउदै सहयोगका लागिसामाजिक हातलाई धन्यवाद व्यक्त गर्नुभयो ।

लायन्स क्लब अफ पोखरा सरांगकोटका अध्यक्ष मोतीलाल तिमिल्सेनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममाक्लस्टर २६ का क्लस्टर प्रमुख ऋषी गिरी, डिष्ट्रिक्ट पिआरओ मधुसुदन कोईराला, जोन चेयरपर्सन शंकरबहादुर जी, लायन्स क्लब अफ पोखरा तालबाराहीका अध्यक्ष नारायण पौडेल, वर्किंग टुगेदरका अध्यक्ष शंकरबानिया, बिरौटा साझा चौतारीका अध्यक्ष रेखादेवी पोखरेल लगाएतले आआफ़नो भनाई राखेका थिए ।सो पहिरोबाट घटना स्थलमा एकै परिवारका ३ जना र छिमेकी २ जना सहित ५ जनाको मृत्यु भएको थियो भने४ जनाको उपचार भैरहेको छ ।