खोकना आन्दोलनको राप

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

ललितपुरको जावलाखेलबाट करिब सात किलोमिटर दूरीमा रहेको ऐतिहासिक गाउँ अहिले आन्दोलित रहेको छ ।

  • सरकारले राष्ट्रिय गौरवका रुपमा लिइएको काठमाडौं– तराई, मधेश दु्रतमार्ग (फास्ट ट्रयाक) को जिरो किलोमिटर अर्थात शुरुको बिन्दु पर्ने ललितपुरको खोकनाबासीलाई सो योजना स्वीकार्य छैन । र त खोकना आन्दोलित छन् । फास्ट ट्रयाकको वातावरणीय प्रभाव मूल्याकंनदेखिको सार्वजनिक सुनवाईदेखि फास्ट ट्रयाक चाहिँदैन भन्दै आएका स्थानीयको विरोधलाई लिएर राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चिन्ता र चासो प्रकट हुन थालेको छ । विकासको नाउँमा राज्यबाट हुँदै आएको षडयन्त्र र नेवाः समुदायको राजनीतिक, सामाजिक र आर्थिक हैसियत समाप्त पार्ने कडीको रुपमा फास्ट ट्रयाक निर्माणलाई स्थानीयलाई लिएको छ ।

स्थानीयका अनुसार विकासको नाउँमा खोकना भइरहेको सांस्कृतिक सम्पदा र पर्यावरणको विनाशको बहसले क्रमशः सडकसंगै सदनमा स्थान पाउँन थालेको छ । खोकनाको खुँडोलमा स्थानीयबासीहरुले स्वतःस्र्फूत रुपमा रोपाँई गरेसंगै स्थानीय राजनीतिदेखि राष्ट्रिय बहसमा खोकनाको विषयले पुनः स्थान पाउँदै गएको पाइएको छ ।बेलाबखत खोकनाको समस्याप्रति नजरअन्दाज गरेर अभिव्यक्ति दिएको आरोप लाग्दै आउनुभएका सहरी विकास राज्य मन्त्री रामवीर मानन्धरले पनि फास्ट ट्रयाकले खोकनाको ऐतिहासिक र सम्पदा बस्ती नष्ट गर्ने हो भने फास्ट ट्रयाकको जिरो प्वाईन्ट बारे पुनःविचार गर्नुपर्ने अभिव्यक्ति दिन थाल्नुभएको छ ।

यस अघि सोही क्षेत्रका सांसद् पम्फा भुसालले विकासको नाउँमा खोकनाको ऐतिहासिक बस्ती निरन्तर अतिक्रमणको चपेटामा परेको भन्दै स्थानीयको आन्दोलनलाई विकासको विरोधी आन्दोलनको संज्ञा नदिन भन्नुभएको सावर्जनिक भएको छ ।

त्यसै क्रममा वागमती प्रदेशमा आइतबार भएको बैठकमा पनि खोकनाको विषयले प्राथमिकता पाएको छ । बागमती प्रदेशका सांसदहरुले ललितपुरको खोकनामा विकासको नाममा ऐतिहासिक र साँस्कृतिक सम्पदा र बस्तीको अतिक्रमण तत्काल रोक्न माग गरेका थिए । खोकनाको ऐतिहासिकता महत्व र खेतीयोग्य जमिनलाई राज्यले नै सखाप पार्ने गरी हुने गरी थालनी गरिएको फास्ट ट्रयाक निर्माण कार्यलाइ तत्काल नरोकिएमा कला र संस्कृतिले भरिएको खोकना अस्तित्वमा संकट पर्ने भन्दै उनीहरुले खोकनाको ध्यानाकर्षण गराए।

काठमाण्डौं उपत्यका बाहिरी चक्रपथ निर्माण कार्य , बागमती कोरिडोर निर्माण कार्य , पेट्रोलियम पाइप लाइन र १ सय ३३ के भी प्रसारण लाइनको विस्तार कार्यले एकातिरबाट हेर्दा विकास भईरहेको जस्तो देखिए पनि वास्तवमा खोकना र त्यसको वरिपरी रहेको धार्मिक , ऐतिहासिक र साँस्कृतिक महत्वका सम्पदाहरुको अस्तित्व नै विनाश हुँदै पनि सांसद्हरुको धारणा राखेका थिए ।

सो अवसरमा सांसद विजया के सी ले बिकासको नाउँमा उर्बर उब्जाउ भुमि नष्ट गर्न नहुने धारणा राख्नुभयो । सांसद राजकाजी महर्जनले विकासको नाउँमा खोकनाका दश हजार रोपनी उब्जाउ जमीन नष्ट हुने भएकोले विकासको नाउँमा राज्यले गर्ने विनाश रोक्न माग गर्नुभयो ।

अर्का सांसद् शोभा शाक्यले खोकनामा भइरहेको आन्दोलनलाई विकास विरोधीका संज्ञा नदिन आग्रह गर्दै विकासको नाउँमा सम्पदा र संस्कृतिको विनाश गर्ने काम तुरुन्त बन्द गर्नुपर्नेमा जोड दिनुभयो ।सरकारले कुनै पनि भौतिक संरचना निर्माण गर्न स्थानीयको जग्गा अधिग्रहण गर्दा सरोकारवाला जग्गा पक्षसंग छलफल नै एकतर्फी हचुवा निर्णय गरी मुआब्जा कायम गरेकोमा उनीहरुले विरोध जनाएका थिए ।