हालसम्म नेपालमा कोरोना संक्रमणबाट ४१ जनाकाे ज्यान गयाे


 न्युज अफ नेपाल, काठमाडाैँ ।

कोरोनाभाइरस कोभिड १९ संक्रमितको उपचारका क्रममा थप एक व्यक्तिको मृत्यु भएको छ। प्रदेश २ को महोत्तरी जिल्लाका ६० वर्षीय शशि भूषण झाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड १९ उपचारका क्रममा मंगलबार राती मृत्यु भएको प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख प्रा.डा. संञ्जीवकुमार शर्माले जानकारी दिए।

असार २८ गतेबाटै उच्च ज्वरो आएकाे मृतक  झा अस्पतालमा भर्ना  भएका थिए। साउन ३ गते भर्ना गरिएसँगै मृतक झाको स्वाब नमूना परीक्षण गरिएको र साउन ४ गते कोभिड १९ संक्रमण पुष्टि भएको हाे ।

यसअघि प्रतिष्ठानमा सप्तरीका ७३ वर्षीय रामकृष्ण दासको पनि कोभिड १९ कै कारण मृत्यु भएको थियो ।