वाणिज्य बैंक कर्मचारी संघको वार्षिकोत्सव सम्पन्न


काठमाडौं, (नेस)

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३१औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा संघका अध्यक्ष हेमराज सुवेदी, बैंक, बिमा तथा वित्तीय क्षेत्र कर्मचारी संघका अध्यक्ष नारायणप्रसाद सुवेदी, संघका पूर्वअध्यक्ष श्री बेतबहादुर लावतीले संयुक्त रुपमा संघको झण्डोत्तलन गर्नुभएको थियो ।

संघको वािर्षकोत्सवको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले वृक्षारोपण गर्नुभयो । वार्षिकोत्सवको अवसरमा प्रादेशिक कार्यालयहरुको परिसरमा समेत वृक्षारोपण गरिएको थियो भने बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजास्थित सम्पूर्ण कर्मचारीलाई मास्क वितरण गरिएको थियो ।