बीपी स्मृतिमा दीप प्रज्वलन तथा फलफूल वितरण


घनश्याम बगाले, नवलपरासी ।

नेपाली कांग्रेस पूर्वी नवलपरासीले महामानव विश्वेश्वर प्रसाद कोईरालाको ३८औं स्मृति दिवशको अवसरमा दीप प्रज्वलन गरेको छ ।

सदरमुकाम कावासोती २ स्थित वीपी भवनमा रहेको कोईरालाको अर्धकदको शालिकमा मंगलबार सांझ मैनबत्ती बालेर कांग्रेसले बीपी स्मृति दिवश भनाएको हो ।

काग्रेस नवलपरासी पूर्वका सभापती एवं गण्डकी प्रदेश सांसद विष्णु प्रसाद लामिछाने, सचिव बालकृष्ण धिमिरे, वीपी प्रतिष्ठानकी अध्यक्ष विष्णु देबी पाण्डे लगायत जिल्ला नेताहरुको दीप प्रज्वलन कार्यक्रमा उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी संयौ काग्रेसका कार्यकर्ता एवं समर्थकहरुले बीपीको शालिकमा माल्यार्पण गर्नुका साथै पुप्प गुच्छा चढाई उनको योगदानको स्मरण गरोका थिए ।

पूर्वी नवलपरासी कांग्रेसले वीपी स्मृति दिवशकै अवसर पारेर सोमबार देवचुली १६ स्थित प्राकृतिक चिकित्सालय रजहरको आईसोलेशनमा रहेका कोरोना संक्रमित विरामीहरुलाई फलफूल वितरण गरेको थियो ।