पहिरोमा कारण गल्याङमा एकको मृत्यु, एक घाइते


भूपराज बस्याल स्याङ्जा ।

स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका १० गाउँसोरा भन्ने ठाउँमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । अविरल बर्षका कारण राती करिब ३:३० बजे घरमाथीबाट पहिरो खस्दा बर्ष ५२ कि माया सारुको पुरिएर ज्यान गएको वडा अध्यक्ष ध्रुब शर्मा पङगेनीले जानकारी दिनुभयो ।

पहिले देखि सामान्य पहिरो खस्ने गरेको र यस पटक ठूलो पहिरो खस्दा घरनै पुरिएको उहाँले बताउनुभयो । पहिरोले घर पुरिदा बर्ष २२ कि नारायणी सारु घाइते भएको र घाइतेको हाल वालिङ् अस्पतालमा उपचार भैरहेको पनि शर्माले जानकारी दिनुभयो ।

उक्त घरमा मात्रै २ जना बस्दै आएको पनि उहाँले बताउनुभयो । त्यही पहिरोका कारण हाल ४,५ घर उच्च जोखिममा रहेको पनि उहाँले जानकारी दिनुभयो । घटनाको थप वितरण आउन बाँकी छ ।